विहानै कुखुराको भालेले बासेर छिमेकीलाई ‘डिस्टर्भ’ गरेको आरोपमा पाँच लाख जरिवाना

विहानै कुखुराको भालेले बासेर छिमेकीलाई ‘डिस्टर्भ’ गरेको आरोपमा पाँच लाख जरिवाना

नेपालको शहरी क्षेत्रमा भन्दा गाउँमा भाले बास्ने भन्ने कुरा एकदमै चर्चामो विषय हो । गाउँमा मान्छेहरु भाले बासेको आधारमा उज्यालो भएको विश्वास गर्दछन् । तर यही भालेका कारण एक परिवारलाई जेल जानु पर्ने समस्या आएको छ ।

बिहान चाँडै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्भ’ भएको भन्दै अदालतमा मुद्दा दायर भएपछि फ्रान्सको एक अदालतले कुखुरा धनीलाई चार हजार युरो (करिब पाँच लाख रुपैयाँ) जरिवाना तोकेको छ ।

फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसे नामका व्यक्तिको भाले सवेरै बासेर ‘डिस्टर्भ’ गरेको उल्लेख गर्दैल उनका एकजना छिमेकीले कुखुरा हटाउन अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले उनको मुद्दामा सुनुवाई गर्दै मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको बताएको छ ।

अदालतले मुद्दा दायर गर्ने महिलाको वकिल खर्च छ सय युरो समेत तिरि कुखुराको भालेलाई अभिलम्ब हटाउन आदेश दिएको हो । गत मे २४ का दिन मुद्दा दायर गरिएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्