क्लब डेजाभुका फरार सञ्चालक ठगी कसुरमा पक्राउ

क्लब डेजाभुका फरार सञ्चालक ठगी कसुरमा पक्राउ

काठमाण्डौ १४ साउन । बैंकिङ ठगी कसुरमा फरार रहेका मनोज श्रेष्ठ पक्राउ परेका छन् । काठमाण्डौको दरमार्गमा रहेको डेजाभु क्लबका सञ्चालकसमेत रहेका श्रेष्ठलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी ड्रागन एअरलाइन्समार्फत हङकङबाट काठमाण्डौ आउँदै गरेको सूचना पाएपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
मनोजले विश्वराम श्रेष्ठसँग २ करोड रुपैयाँ ऋण लिएका थिए । तर मनोजले ऋण तिर्ने क्रममा विश्वरामलाई दिएको २ करोड रुपैयाँको चेक बाउन्स भएपछि महानगरीय प्रहरी परिसरमा उनीविरुद्ध उजुरी परेको थियो । प्रहरीले नेपालमा खोजी गर्दा नभेटिएपछि उनी विदेश गएको खुलेको थियो । त्यसपछि गएको माघ १५ गते मनोजविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्