बालबालिकालाई मोबाइल दिँदै नदिऊ , उमेर हद १२ बर्ष !

बालबालिकालाई मोबाइल दिँदै नदिऊ , उमेर हद १२ बर्ष !

बीबीसी । १२ वर्ष भन्दा मुनिका बालबालिकालाई धेरै समय मोबाइललगायत डिभाइसका स्क्रिनमा बिताउन दिँदा यसले तिनीहरुको मानसिक विकासमा ठूलो प्रभाव पार्न सक्ने वैज्ञानिकहरुले यसअघि पनि चेतावनी दिइसकेका छन् । विशेषगरी भाषा र बोलाइमा नकारात्मक प्रभाव पार्ने हालै गरिएको एक अनुसन्धानमा पनि पत्ता लगाइएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

दुई वर्षका २५०० बालबालिकाहरुमाथि गरिएको यस अध्ययनले बालबालिकाका लागि कति ‘स्क्रिन टाइम’ उचित हुन्छ भन्ने विवाद सुल्झाउने प्रयास गरेको हो । क्यानडा र अमेरिकाका विज्ञहरुले बताएअनुसार १८ महिना भन्दा कम उमेरका बालबालिकाले प्राविधिक डिभाइसको प्रयोग गर्नै हुँदैन । तर बेलायती विश्लेषकहरुले भने यस प्रकारका कुनै उमेर सीमा तोकेका गरेका छैनन् ।

यसअघि २०११ र २०१६ का बीच बालबालिकाको ‘स्क्रिनटाइम’ बारे तिनका आमाहरुमा सर्वेक्षण गरिएको थियो । उनीहरुले दुई, तीन र पाँच वर्षको उमेरमा बालबालिकाको क्षमता र विकासबारे गरिएका मनोवैज्ञानिक प्रश्नहरुको जवाफ दिएका थिए ।

यसमा टिभी हेर्नुदेखि भिडियो, फिल्म, गेम खेल्ने, कम्प्युटर, ट्याब्लेट फोन लगायत कुनैपनि स्क्रिनयुक्त डिभाइस हेर्नुलाई ‘स्क्रिन टाइम’ को क्याटगोरीमा राखिएको हो । यस्तोमा दुई वर्षे बालबालिकाहरुले हप्तामा १७ घण्टा स्क्रिनमा बिताउने गरेको पाइएको हो । यसपछि तीन वर्ष पुग्दा स्क्रिन टाइम बढेर हप्ताको २५ घण्टा पुग्ने गरेको छ । तर फेरि पाँच वर्षको उमेरमा भने सो समय घटेर ११ घण्टा पुगेको हो किनकी त्यसबेला उनीहरु स्कुल जान सुरु गर्छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार जब एउटा सानो बालकले स्क्रिन हेरिरहेको हुन्छ  त्यसबेला उसले जीवनका अन्य महत्वपूर्ण अभ्यासमा दक्ष हुने मौका गुमाइरहेको हुन्छ ।  जस्तै यसले तिनको सामाजिक अन्र्तक्रियालाई सिमित गराइदिन सक्छ । त्यसैगरी बालबालिकाहरु हिँड्ने, दौडने, माथि चढ्ने जस्ता शारीरिक अभ्यासको समयलाई पनि स्क्रिन टाइमले सीमित बनाइदिन्छ । त्यसैले ‘स्क्रिन टाइम’ ले आमने सामने कुराकानी गर्ने शैली र पारिवारसँगको समयमा कुनै हस्तक्षेप नगरोस् भन्नेमा अभिभावकले विशेष ध्यान दिनुपर्ने डाक्टर शेरी मेडिगान र उनका सहकर्मीहरुको भनाइ छ ।

अहिलेसम्म कुनैपनि अनुसन्धानले बालबालिकाका लागि कति स्क्रिन टाइम पर्याप्त हुन्छ भन्ने निश्चित बताउन नसकेपनि ‘अमेरिकन असोसिएसन अफ पेडिआट्रिक्स’ एपीपीले अभिभावकहरुलाई आफ्ना बच्चालाई कुनैपनि प्राविधिक डिभाइससँग परिचय गराउँदै गर्दा उनीहरुसँगै बसेर के हेरिरहेको भनि बुझाउने गर्न सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्