बिराटनगरको कोशी हेल्थ एण्ड साईन्स क्याम्पसमा विएन विपिएचमा बिद्यार्थीको आकर्षण

बिराटनगरको कोशी हेल्थ एण्ड साईन्स क्याम्पसमा विएन विपिएचमा बिद्यार्थीको आकर्षण

विराटनगर १६ साउन ।

विराटनगर १ तीन पैनीमा रहेको कोशी हेल्थ एण्ड साईन्स क्याम्पसमा विएन र विपिएचमा बिद्यार्थीको आकर्षण बढेको छ  । पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त तथा सम्बन्धीत काउन्सिलबाट स्वीकृत प्राप्त कलेजले नया भर्ना खुलाएको छ । कलेजले स्टाफ नर्सका लागी बेच्लर तहको नर्सिङ कार्यक्रम पिविएनएस ३ बर्षे र प्लस टु साईन्स वा प्यारामेडिकल डिप्लोपमा अध्ययन गरेकालाई लागी विपिएच ४ बर्ष कार्यक्रममा भर्ना खुलेको क्याम्पस प्रशासन प्रमुख सुदन पौडेलले जानकारी दिए । उक्त कलेज पूर्वमा बिद्यार्थीको रोजाइमा पर्दै आएको छ ।

विपिएच कार्यक्रम प्लस टु बायो समुह अध्ययन गरेका विद्यार्थीहरुका लागी स्वास्थ्य प्रविधीक विषय रहेको क्याम्पस जनाएको छ । त्यसैगरी विपिएच कार्यक्रम अन्र्तगत ४ बर्षे आठ सेमेस्टारमा अध्यापन हुने विषय हो । विपिएच अध्ययन पुरा गरेपछि स्वस्थ्य सम्बन्धी कार्य गर्ने एजजिओ , आईएनजिओ अध्ययन संचालन तथा नेपाल सरकारको जनस्वस्थ्य अधिकृत हुन योग्याता पुग्ने कलेजले जनाएको छ । विपिएच अध्ययन पछि एमपिएच हुदै जन स्वास्थ्य विषयको विज्ञ बन्न सकिने छ ।

विएन कार्यक्रममा अध्ययन गर्दा स्टाफ नर्स अध्ययन पुरा गरी एक बर्षको कार्यअनुभव आवस्यक हुनेछ । प्रवेश परीक्षाका लागी आगामी भदौ १ गते सम्म विश्व विद्यालयले सम्बन्धीत क्याम्पसबाट फारम भर्ने व्यवस्था मिलाएको छ । १० प्रतिशत विद्यार्थीलाई छुटै आराक्षणको आधारमा छात्रवृती प्रदान गरिने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्