बसभित्र यात्रुको गोजीबाट १ लाख २० हजार रकम चोरेर भाग्दै गर्दा पक्राउ

बसभित्र यात्रुको गोजीबाट १ लाख २० हजार रकम चोरेर   भाग्दै गर्दा पक्राउ

जनकपुरधाम २० साउन । बसभित्र यात्रुको गोजीबाट रकम चोरेर भाग्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका ९ निवासी २४ बर्षीय मोहम्मद राज शेख जनकपुरधामको पिडारी चोकबाट पक्राउ परेका हुन् । शेखले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवरीका रामु यादवको साथबाट एक लाख २० हजार रुपैयाँ चोरेर भागिरहेका थिए । जनकपुरबाट सिरहाको माडरतर्फ जाँदै गरेको बसमा चढेका यादवको साथबाट शेखले बसमै पाकेटमारी गरेका थिए । उनलाई भाग्ने क्रममै पिडारी चोकमा ड्यूटीमा खटिएका प्रहरीले लखेट्दै नियन्त्रणमा लिएका हुन् । बरामद भएको उक्त रकम यादवलाई बुझाइएको र नियन्त्रणमा लिइएका शेखको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्