छोराछोरीसहित आमा पनि नारायणी नदीमा हामफालिन्

छोराछोरीसहित आमा पनि  नारायणी नदीमा हामफालिन्

काठमान्डौ २३ साउन । छोराछोरीसहित एक महिला नारायणी नदीमा हाम फाल्दा दुबै बच्चाको मृत्यु भएको छ । महिलाको जीवितै उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारी अनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ की २४ वर्षीया सुधा विश्वकर्मा बुधबार त्रिवेणीस्थित गण्डक पुलबाट २ सन्तानसहित नारायणीमा हाम्फालेकी हुन । हाम्फालेको देख्नासाथ स्थानीयले आमाको जीवितै उद्धार गरे भने दुई बच्चालाई बचाउन सकेनन् । उनी साढे २ वर्षको छोरा अविनास र डेढ महिनाकी छोरी निकितालाई लिएर हाम्फालेको स्थानीय प्रेमचन्द्र रौनियारले बताए । उद्धार गरिएकी सुधालाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ । सुधाका श्रीमान नेपाल प्रहरीको जर्गाह गण पश्चिम नवलपरासीमा कार्यरत छन् । घटनाबारे गहिरो अनुसन्धान थालेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्