इण्डियन ट्रकले मोटर साईकलललाई ठक्कर दिदा चालकको घटना स्थलमै मृत्यु

इण्डियन ट्रकले मोटर साईकलललाई ठक्कर दिदा चालकको घटना स्थलमै मृत्यु

विराटनगर २३ साउन । इनरुवा ४ स्थित पुर्ब पश्चिम राजमार्गमा इण्डियन ट्रकले मोटर साईकलललाई ठक्कर दिदा मोटरसाईक चालकको घटना स्थलमै मृत्यु भएको छ । साथै मोटरसाईकलमा पछाडी सवार एक जना गम्भीर घाईते भएको एक नम्वर ट्राफीक कार्यालय इटहरीले जानकारी दिएको छ ।

पुर्बबाट पश्चिमतर्फ जादै गरेको ग्एद्धज्ञऋडद्दघद्ध नं को इण्डियन ट्रकले पश्चिमबाट पुर्बतर्फ आउदै गरेको को १९ प १७३ नं को मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालक सुनसरी इनरुवा १ बस्ने बर्ष २९ को राम शर्माको घट्नास्थलमै मृत्यु भएको छ । मोटरसाईकल पछाडी सवार इनरुवा ९ बस्ने बर्ष ४० को मदन मेहता गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालयले ट्रक र चालक भारत उतर प्रदेश जिल्ला बाह्रबंशि बस्ने बर्ष २४ को तोसेल मियालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्