सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घट्यो

सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घट्यो

सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु सात सय घटेर ७० हजार ३ सयमा झरेको छ ।

पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । लगातार उकालो लाग्दै गएको सुनको मूल्य मंगलबार अहिलेसम्मकै उच्च भएकाे थियाे ।

विश्व बजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रूपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिनुभयो । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्