सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित बक्साहमा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनमा ४ जना घाइते भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको बा १६ प २२३५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
तिलोत्तमा नगरपालिका–३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए ।
घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।