नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ मा जम्नेली

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ मा जम्नेली

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को महाधिवेशनबाट अर्जुन जम्नेली अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
जम्नेलीको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा फिपराज बेघा र भूमिका सुब्बा फियाक, महा सचिवमा विदुर खवास, त्यसैगरी संगठन सचिवमा सन्देश सुब्बा, संस्थागत सचिवमा अप्सरा समाल मगर र कोषाध्यक्षमा शुसन राई निर्वाचित भएका छन् ।
सदस्यहरुमा प्रेम देवान , बीरबहादुर पापो, राजन साम्पाङ राई, , टकलाल राई, भाष्कर चौधरी र महेन्द्र मादेन निर्वावाचित भएका छन् । त्यसैगरी महिला सदस्यहरुमा साहारा लिम्बू, मानवी तामाङ र विनादेवी तामाङ निर्वा्चित भएका छन् ।
त्यस्तै संस्थागत सदस्यहरुमा नविन गुरुङ, प्रदिपकुमार चौधरी, चन्द्रकुमार राई र अतित योङहाङ, अल्पसंख्यक सदस्यमा विजय धिमाल निर्वा्चित भएका छन् । लेखा समिति संयोजकमा घनेन्द्र केरुङ र सदस्यहरुमा खगेन्द्रकुमार राई र ज्ञानु केदेम लिम्बू निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्