सोलुदुधकुण्ड नगरपालिकामा नवजात शिशु मृत्युदर बर्सेनि  बढ्दै

<span class='c1'>सोलुदुधकुण्ड नगरपालिकामा नवजात शिशु</span> <span class='c2'>मृत्युदर बर्सेनि  बढ्दै</span>

सोलुखुम्बु ।  सोलुदुधकुण्ड नगरपालिकामा नवजात शिशु मृत्युदर बर्सेनि  बढ्दै गएको छ। काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरुले गरेको अध्ययनअनुसार तीन वर्ष यता नवजात शिशु मृत्युदर बढ्दै गएको देखाएको हो।

नगरपालिकाको ११ वटैै वडामा पुगेर तथ्यांक संकलन गरिएको अध्ययनमा संलग्न अर्जुन हमालले बताए। उनले भने, ‘एक महिनासम्म नगरपालिकाको सबै वडामा पुगेर संकलन गरेको तथ्यांकले शिशु मृत्युदर बर्सेनि वृद्धि भइरहेको छ।’ अध्ययनअनुसार आर्थिक वर्ष २०७२/७३ मा मातृशिशु मृत्युदर शून्य थियो। २०७४/७५ मा प्रतिहजार दुई पुगेको छ। यो दर आर्थिक वर्ष २०७५÷७६ मा प्रतिहजार १२ पुगेको तथ्याङ्कले देखाएको छ।

मातृशिशु मृत्युदरमा हुनुमा गरिबीलाई रहेका अध्ययनले देखाएको छ।  २०७१ सालमा साविक बेनी, तामाखानी, सल्लेरी र गार्मा गाविस गाभेर दुधकुण्ड नगरपालिकाको स्थापना भएको थियो। यस्तै २०७३ सालमा तत्कालीन टाक्सिन्दु, केरुंग, गोराखानी र टापटिङ समाबेश भई सोलुदुधकुण्ड नगरपालिका बनेको थियो भने २०७४ फागुन १४ गतेको मन्त्रिपरिषद निर्णयबाट साविक तिङला गाविस समेत सोही नगरपालिकामा गाभिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्