सप्तकोसी नदीमा आएको बाढीले घरखेत गुमाएका बाढीपीडितहरु क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा

सप्तकोसी नदीमा आएको बाढीले घरखेत गुमाएका बाढीपीडितहरु क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा

सुनसरी, भदौ १।  सप्तकोसी नदीमा आएको बाढीले घरखेत गुमाएका बाढीपीडितहरु क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

कोसी सम्झौताअनुसार भारतीयपक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध नगराएको भन्दै पीडितहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले रिले अनशनसमेत सुरु गरेका छन् । सप्तकोसीमा ब्यारेज निर्माण गर्नुअघि नै  नेपाल र भारतबीच कोसी सम्झौता गरिएको थियो ।तत्कालीन राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

ब्यारेज बनेपछि घरखेत गुमाएका परिवारलाई भारत सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म घरखेत गुमाएका १५ हजारभन्दा बढी परिवारले क्षतिपूर्ति नपाएको कोसीपीडित संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको भनाइ छ ।

सम्झौताअनुसार पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति उपलब्ध नगराएसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ ।शनिबार उनीहरु सुनसरी, सप्तरी र उदयपुर जिल्लाबाट विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सयौंको संख्यामा कोसी व्यारेजमा उपस्थित भएका थिए ।

विरोध कार्यक्रममा उपस्थित सत्तारुढ दल नेकपाका प्रदेश नम्बर–२ का इन्चार्ज तथा संसदीय दलका नेता सत्यनारायण मण्डलले पीडितलाई भारतीयपक्षबाट तत्काल क्षतिपूर्ति दिलाउन नेपाल सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्