पाथीभरा गोल्डकप : डाँगीहाट मोरङ सेमिफाइनलमा

पाथीभरा गोल्डकप : डाँगीहाट मोरङ सेमिफाइनलमा

ताप्लेजुङ । ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा डाँगीहाट क्बल मोरङ प्रवेश गरेको छ। आइतबार भएको प्रतियोगितामा मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै डाँगीहाटले सेमिफाइनलको बाटो तय गरेको हो।

खेलको ३३ औँ मिनेटमा टिम कप्तान विक्रम लिम्बूले गरेको गोल नै सेमिफाइनल प्रवेशका लागि पर्याप्त बन्यो। आइतबारको खेलमा म्यान अफ दि म्याच डाँगीहाट क्लबका अरुण लिम्बू घोषित भएका छन्। उनले नगद ५ हजार प्राप्त गरे। सोमबार हुने खेलमा भने एलाभेन एरोज सुनसरी र यु.के.एफसी दार्जेलिङ भारतबीच प्रतिस्पर्धा हुने छ। पहिलो चरणका खेल मंगलबार सकिने छन्।'

यस अघि फिदिङ स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै इलामको रेडहर्ष सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबारदेखि जारी प्रतियोगिता भदौ ६ गते सकिने छ।  लाखेजात्राका अवसरमा लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरी १० टिम सहभागी छन्। प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफी प्रदान गरिने छ। उपबिजेतालाई एक लाख ५१ हजार नगदसहित ट्रफी दिइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्