‘मेडिकल एजुकेशन करियर एक्स्पो २०१९’ भाद्र ४ र ५ गते हुदै

‘मेडिकल एजुकेशन करियर एक्स्पो २०१९’ भाद्र ४ र ५ गते हुदै

काठमान्डौ ३ भदौ । विदेशमा रहेका गुणस्तरिय विश्वविद्यालयबाट दिईने मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले ‘मेडिकल एजुकेसन करियर एक्स्पो २०१९’ हुने भएको छ ।
एक्स्पो भोली भाद्र ४ र ५ गते २ दिनसम्म काठमाडौको रामशाह पथ स्थित योग्म्बर पार्टी प्यालेसमा हुने जनाइएको छ । नेपालमा पहिलो पटक आयोजना हुने यो मेडिकल एजुकेसन करियर एक्स्पोमा आर्कषक छात्रबृत्तिका प्याकेजको समेत जानकारी दिईने भएको छ । एक्स्पोमा विदेशमा रहेका विभिन्न विश्वविद्यालयमा प्रतिनिधि मेडिकल शिक्षाको बारेमा प्रत्यक्ष जानकारी दिईने भएको छ ।
एक्पोमा बंगलादेश, चिन, भारत, पिलिपिन्स, रसिया, युक्रेन, उजबेकिस्थान, जर्जिया, मोरिसस् लगायतका राष्ट्र मेडिकल युनिर्भ्सिटीका प्रतिनिधीहरु उपस्थित रहने छ । यो शैक्षिक मेलामा  MBBS, MD, MS  र पारामेडिसिन र नर्सिङ कोर्षका बारेमा सम्बन्धित विश्वविद्यालयका प्रतिनिधीले नै जानकारी दिने छन ।
मेलामा नेपाल तथा विदेशमा पछिल्लो समय विकास भएका मेडिकलको उत्कृष्ट शिक्षाका बारेमा सम्पुर्ण जानकारी उपलब्ध हुने छ ।
मेडिकल एजुकेसन करियर एक्पोका बारेमा डब्लुआरसी नेपालका सिईओ एवम ईन्जिनियर सुदिप नायकले पहिलाको तुलनामा नेपाली विद्याथीहरु विदेशमा समेत गएर अध्ययन गर्ने अवसर सहज हुदै आएको बताए । मेलामा ३० लाख रुपैयादेखी माथीको शुल्क सहितको मेडिकल शिक्षा प्याकेजका बारेमा जानकारी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्