तेह्रथुम भदौ ४ ,
पत्रकार रवि लामिछानेको समर्थकहरुले तेह्रथुमको म्याङलुङ बजारमा एक कार्यक्रमको आयोजना गरि रिहाईको माग गरेका छन् ।
टिभि पत्रकार लामिछानेका समर्थकहरुले विना सर्त रिहाई गर्नुपर्ने माग राख्दै बजार परिक्रमा गरेका छन् । म्याङलुङको लोकतान्त्रिक चोकदेखि सुरु भएको ¥याली बसपार्क, पुलती बजार, टुडिखेल पुगेर रेडक्रस चोकमा कोषसभामा परिणत भएको थियो ।
कोषसभालाई समाजसेवी डिल्ली रेग्मी, महिला नेतृ पुष्पलता शाक्य, युवा विद्यार्थी मेघराज थापा, उघमी भीम विकलगायतले पत्रकार लामिछानेलाई विना सर्त छाडिनुपर्ने माग राख्नुभएको थियो ।