सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आयातित तरकारीमा रोक लगाउने

<span class='c1'>सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आयातित</span> <span class='c2'>तरकारीमा रोक लगाउने</span>

सोलुुखुम्बु । कृषकहरुलाई प्रोत्साहन गर्न सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आयातित तरकारीमा रोक लगाउने भएको छ । स्थानीय स्तरमा उत्पादित तरकारीले बजार नपाएको अवस्थामा गाउँपालिकाले विभिन्न साझेदार संस्थाहरुसँग मिलेर यस्तो निर्णय गर्न लागेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका कृषकलाई व्यवसायिक कृषितर्फ प्रेरित गर्न पनि बाहिरबाट आयात हुने तराकारीमा कडाइ गरिएको गाउँपालिकाले जनाएको छ । यो विषयमा जी फाउन्डेसन तथा साझेदारी संघ–संस्थासँग सहकार्य भैरहेको गाउँपालिका अध्यक्ष किराँतीको भनाइ छ ।

गाउँपालिकाभित्र प्याज बाहेक अन्य तरकारी आयातमा रोक लागाउने विषयमा गाउँपालिकासँग छलफल भएको पहाडी विकास संरक्षण समूहका कृषि प्राविधिक हर्कराज कुलुङले बताउनु भयो ।

प्याज भण्डारणका लागि उपयुक्त व्यवस्था नभएकाले केही समय प्याज भने आयात गर्न दिइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्