कोशी पीडितद्धारा मुआब्जाको माग गर्दै रिले अनसन

कोशी पीडितद्धारा मुआब्जाको माग गर्दै रिले अनसन

सुनसरी ।तीन पुस्तादेखि मुआब्जाको माग राख्दै आएका कोशीपीडितहरुले गत शनिबारदेखि सुरु गरेको अनिश्चितकालिन रिले अनसनलाई जारी राखेका छन् ।
सुनसरी तथा सप्तरी जिल्लाको सिमानामा पर्ने सप्तकोशी ब्यारेज नजिकै उनीहरुले अनसन सुरु गरेका हुन । कोशी ब्यारेज निर्माणका क्रममा विस्थापनमा परेका सप्तरी, सुनसरी र उदयपुरका हजारौं पीडितहरु दशकौंदेखि जग्गाको मुआब्जा माग्दै संघर्षरत छन् । तर, नेपाल र भारत दुवै तर्फका सरकारको उदासिनताका कारण उनीहरु मुआब्जाबाट बञ्चित रहनु परेको भन्दै तिनै जिल्लाका कोशी पीडितहरु संगठित भई आन्दोलन गर्दैै आएका छन् ।
देशमा पटकपटक राजनीतिक परिवर्तन हुँदा पनि कोशी पीडितहरुको समस्या ज्युंकात्यु छ । उनीहरुको समस्या समाधानका लागि भारत सरकारसँग कुटनीतिक पहल हुन सकेको छैन । कोशीपीडितहरुले बिरोध प्रदर्शन र आमसभापछि गत शनिबारदेखि रिले अनसनलाई जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्