प्रदेश नम्बर–२ को प्रदेशसभा सचिवालयमा प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता

प्रदेश नम्बर–२ को प्रदेशसभा सचिवालयमा प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता

जनकपुरधाम, भदौ ६ । प्रदेश नम्बर–२ को प्रदेशसभा सचिवालयमा प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गरिएको छ ।

प्रदेशसभा सचिवालयमा दलहरुले नाम र स्थायी राजधानी तोक्न बिहीबार प्रस्ताव दर्ता गराएसँगै प्रक्रिया अगाडि बढेको हो ।राजधानीमा जनकपुरधामलाई तोक्न सबै दलका तर्फबाट समान प्रस्ताव आएपनि नामाकरणमा भने फरक–फरक प्रस्ताव दर्ता भएको छ ।सत्तारुढ दल समाजवादी पार्टी र राजपाले प्रदेशको नाम ‘मिथिला’ हुनुपर्ने भनेका छन् ।

यस्तै, नेपाली कांग्रेसले पनि प्रदेशको स्थायी राजधानी जनकपुरधाम र प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपाले प्रदेशको नाम ‘जानकी’ प्रस्ताव गरेको छ ।नामाकरण प्रस्ताव र संशोधन प्रस्ताव अध्ययन गरी सरोकारवालाहरुसँग छलफल गरी सभामा प्रतिवेदन पेस गर्न एक विशेष संसदीय समिति बनाइनेछ । समितिले एक महिनाभित्र प्रतिवेदन प्रदेशसभामा पेस गर्नुपर्नेछ ।

प्रदेशसभामा पेस हुने प्रस्तावउपर गोप्य मतदान हुनेछ । मतदानपछि प्रस्तावको पक्षमा दुइतिहाइ मत आए प्रस्ताव पारित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्