ओझेलमा धनकुटा, धनकुटामा भ्रमण बर्षको तयारी सुस्त

ओझेलमा धनकुटा, धनकुटामा भ्रमण बर्षको तयारी सुस्त

धनकुटा । नेपाल भ्रमण वर्ष शुरु हुन केही महिनामात्र बाँकी रहे पनि त्यसको पूर्वतयारी भने सशक्त बन्न सकेको छैन । सरोकारवाला पक्षसँग समन्वय गरी त्यसको तयारी तीव्र पार्नुपर्ने भए पनि त्यसको छाँटकाँट नदेखिँदा २० लाख पर्यटक भित्राउने योजना पूरा गर्न चुनौती थपिँदै गएको हो

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० शुरु हुन चार महिना मात्र बाँकी छ । गत वर्ष नै घोषणा गरिए पनि त्यसको आवश्यक पूर्वतयारी तीव्र रुपमा नभएको गुनासो बढ्न थालेको छ ।

पर्यटनको क्षेत्रका काम गर्ने संघसंस्था तथा व्यक्तिसँग छलफल कार्यक्रम सार्नुपर्ने भए पनि त्यसो हुन नसकेको  धनकुटा भेडेटारका पर्यटन व्यवसायी लिलाराज लावती बताउँछन् ।

सरकारले निर्धारण गरेका नयाँ पर्यटकीय स्थलहरु धनकुटामा मात्रै दर्जनभन्दा बढी छन् ।

तर यस अभियानलाई कसरी सफल पार्ने भन्नेमा टुंगो नहुँदा आफूहरु अन्योलमा परेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईको भनाइ छ ।

पर्यटन क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखे पनि पूर्वाधारसहित प्रचारप्रसारको तयारी नहुँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्थिति छ ।

पर्यटन बर्ष सफल बनाउन प्रचार–प्रसारसहित स्थानीय स्तरका सरोकारवालासँग पनि समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने धनकुटाका पर्यटन व्यवसायी प्रेम कुमार राईको सुझाव छ ।

नेपालमा पहिलो पटक सन् १९९८ लाई पर्यटन बर्षको रुपमा मनाउँदा करिब १० लाख पर्यटन भित्राउने लक्ष्य राखेको थियो जसमा साढे ४ लाख पर्यटक मात्रै भित्रिएका थिए ।

तसर्थ विगतको असफलतालाई मनन गरेर आगामी पर्यटन वर्षलाई सफल बनाउनेतर्फ थप पहलकदमी गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्