इलामका सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन ,विद्यार्थीको आकर्षण बढ्दो

<span class='c1'>इलामका सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट</span> <span class='c2'>पठनपाठन ,विद्यार्थीको आकर्षण बढ्दो</span>

प्रकाश नेपाल

इलाम । इलामका सामुदायिक तथा सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेको छ । विद्यार्थीको आकर्षण घटेकोप्रति ध्यान दिँदै कतिपय सामुदायिक विद्यालयले पनि पढाइको माध्यम अंग्रेजी बनाएका हुन् । यसले विद्यार्थीलाई अंग्रेजीमा अब्बल बनाए पनि नेपाली भाषा भने कमजोर हुने डर देखिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि इलामका सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्न सुरु गरेका छन् ।विद्यार्थीको संख्या घट्दै गएपछि बन्द हुने अवस्थामा पुगेपछि आकर्षण बढाउन अंग्रेजी माध्यमबाट पढाउन सुरु गरिएको हो ।

पछिल्लो समय विद्यार्थी तथा अभिभावकमा बढ्दै गएको अंग्रेजी भाषाप्रतिको मोहले नेपाली माध्यमबाट पढाउने काम घट्न थालेको छ ।जिल्ला सदरमुकामको आदर्श मावि, इलाम नगरपालिका ५ बरबोटेको अमर मावि, देउमाई नगरपालिका मंगलबारेको भानुभक्त माविलगायतका विद्यालयले यसै वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन् ।

अभिभावकको मागअनुसार नै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको आदर्श मावि इलामका प्रधानाध्यापक कुमार पौडेलको भनाइ छ ।अंग्रेजी राम्रो हुने भएकाले निजी विद्यालयमा पढाइको चाप बढ्न थालेपछि सामुदायिक विद्यालय पनि अंग्रेजी माध्यमबाट पढाउने होडबाजीमा लागेका छन् ।

बढ्दो अंग्रेजीमोहलाई सम्बोधन गर्न पढाइको माध्यम अंग्रेजी बनाइएको अमर मावि बरबोटेका प्रधानाध्यापक सोम निरौला बताउँछन् ।सुरुसुरुमा अंग्रेजी माध्यमबाट पढाउन असहज भए पनि अहिले बानी पर्दै गएको र विद्यार्थी पनि अभ्यस्त हुँदै गएका छन् ।अन्तर्राष्ट्रिय भाषा भएकाले पनि अंग्रेजी जान्नु अनिवार्यजस्तै भएकाले पनि यसलाई सम्बोधन गरिएको हो ।

नेपाली माध्यमबाट पढे पनि अंग्रेजीबाट पढाइ हुँदा बुझ्नलाई समस्या नभएको कतिपय विद्यार्थीको अनुभव छ।

विश्व परिवेश घटनासँग परिचित हुन र जानकारी लिन अंग्रेजीप्रति मोह देखाउनु स्वाभाविक नै हो ।तर अंग्रेजी सिक्ने बहानामा आफ्नो मातृभाषा र नेपाली भाषालाई भने ओझेलमा पार्नुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्