झापामा शिक्षकको कुटाईबाट विद्यार्थीको खुट्टा भाचियाे , कुट्नुको कारण यस्तो !

झापामा शिक्षकको कुटाईबाट विद्यार्थीको खुट्टा भाचियाे , कुट्नुको कारण यस्तो !

भद्रपुर । शिक्षकलाई बाथरुमको पानी खुवाएको निहुँमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थीको खुट्टा भाँचिएको छ ।

झापाको बिर्तामोडमा सञ्चालित एभरेस्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी कुनाल गट्टानीको खुट्टा भाँचिएको हो ।

अर्जुनधारा नगरपालिका –८ का किसन गट्टानीका छोरा पंकजलाई शिक्षकले घाँटीमा समातेर बेञ्चमा पछार्दा खुट्टा भाँचिएको पीडितले बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्