युवाहरुलाई माया जालमा पारेर ठगी गर्ने एक युवती झापामा पक्राउ

<span class='c1'>युवाहरुलाई माया जालमा पारेर ठगी</span> <span class='c2'>गर्ने एक युवती झापामा पक्राउ</span>

झापा। फेसबुकमा आफूलाई एयर होस्टेसका रुपमा चिनाउँदै युवाहरुलाई माया जालमा पारेर ठगी गर्ने एक युवती झापामा पक्राउ परेकी छिन्। अर्जुनधारा-६ की २७ वर्षीया तविता राईले आफूलाई ‘जेट एयरको एयर होस्टेस हुँ’ भन्दै माया जालमा फसाएर मोटो रकम ठगी गरेको भन्दै दुई युवकले प्रहरीमा उजुरी गरेका छन्।

उजुरीकै आधारमा राईलाई पक्राउ गरि जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय, अनारमुनीका डीएसपी मोहन थापाले जानकारी दिए। तविताले मायाजालमा पारेपछि आकस्मिक समस्या देखाएर पैसा माग्ने गरेको र पैसा नदिए आत्महत्या गर्नेसम्मको धम्की दिने गरेको प्रहरीको दावी छ।

प्रहरीका अनुसार ती युवतीले बुवा अमेरिकामा बस्ने, आमा डाक्टर र दाजु पाइलट भएको आफ्ना कथित प्रेमीहरुलाई बताउने गरेकी थिइन्। नक्कली फेसबुक आइडी बनाई त्यसमा एयर होस्टेसको तस्विर राख्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘नक्कली फेसवुक आइडिमा अर्काको फोटोहरु राखेकोले मेसेन्जरमा भ्वाइस कल मात्र गर्ने, सक्कली अनुहार देखिने डरले भिडियो कल नगर्ने गरेको पाइयो’, डीएसपी थापाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्