भोजपुरको घटना : श्रीमानलाई विष खुवाई हत्या गर्ने श्रीमती कारागार चलान

भोजपुरको घटना : श्रीमानलाई विष खुवाई हत्या गर्ने श्रीमती कारागार चलान

श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ, तामाङकै सासू षडाननन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीया पम्फा तामाङ र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३५ वर्षीय पूर्णबहादुर राईलाई कारागार चलान गरिएको जिल्ला अदालतका निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिनुभयो ।

उनीहरुले जेठ २ गते ससुराली आएका बेला विष सेवन गराई हत्या गरेको भन्दै मानबहादुरका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले कविता र पम्फालाई असार २० गते र पूर्णलाई साउन १२ गते पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्