गुगलले प्ले स्टोरबाट डकुमेन्ट स्क्यान गर्ने चर्चित एप क्यामस्क्यानर हटाइयो

गुगलले प्ले स्टोरबाट डकुमेन्ट स्क्यान गर्ने चर्चित एप क्यामस्क्यानर हटाइयो

गुगलले प्ले स्टोरबाट डकुमेन्ट स्क्यान गर्ने चर्चित एप CamScanner (क्यामस्क्यानर) हटाएको छ । क्यास्परस्काई ल्याबका अनुसन्धानकर्ताको रिपोर्ट अनुसार यो एपमार्फत् स्मार्टफोनमा म्यालवेयर अट्याक भइरहेको थियो । जसमार्फत् लाखौं प्रयोगकर्ता प्रभावित भएका छन् । यस्तै, प्रयोगकर्ताको सहमति बिना नै फोनमा विभिन्न एप्स डाउनलोड भइरहेका थिए । अब गुगलले यसलाई तुरुन्त प्ले स्टोरबाट हटाएको छ । साथै, प्रयोगकर्तालाई फोनबाट एप हटाउने सल्लाह पनि दिइरहेको छ ।

१. क्यास्परस्काई ल्याबको रिपोर्टः

क्यास्परस्काई ल्याबका अनुसन्धानकर्ताका अनुसार फोन बेस्ड पिडिएफ क्रिएटर क्यामस्क्यानर एपमा ओसीआर (ओप्टिकल क्यारेक्टर रेकग्निशन) फिचर दिइएको छ । यो एपसँगै म्यालिशस मोड्युल भएको एडभर्टाइजिङ लाइब्रेरी पनि फोनमा डाउनलोड भइरहेको थियो । यसमा विज्ञापन ‘पुश’ हुन्थ्यो र फोनमा थुप्रै एप्स पनि इन्स्टल हुन्थे । क्यामस्क्यानरलाई १० करोड बढी प्रयोगकर्ताले प्रयोग गरिरहेका छन् । यसमार्फत् फोन पनि ह्याक हुने खतरा भएको बताइएको छ । एपमा Trojan.Dropper.AndroidOS.Necro.n  म्यालवेयर पहिले नै इन्स्टल भएको भेटियो । यसको मद्दतले ह्याकर्सले तपाईंको फोन ह्याक गर्न सक्ने निष्कर्ष रिपोर्टमा प्रकाशित गरिएको छ ।

अनुसन्धानकर्तालाई यो पनि शंका छ कि एपको मद्दतले केही प्रयोगकर्ताको लगिन डिटेल पनि चोरिएको हुनसक्छ ।

यसको अपडेट भर्सनमा म्यालिशल मोड्युल भएको एडवर्टाइजिंग लाइब्रेरी भेटिएको छ जुन प्रयोगकर्ताका लागि अत्यधिक खतरनाक छ ।

२. पेड भर्सन अहिले पनि छः

गुगलले यो ऐपलाई केही समयका लागि प्ले स्टोरबाट हटाइएको र एपबाट म्यालवेयरको खतरा हटेसँगै यसलाई पुनः प्ले स्टोरमा उपलब्ध गरिने स्पष्ट पारेको छ । यद्यपि, यसको पेड भर्सन अहिले पनि प्ले स्टोरमा छ ।

३. ऐप प्रयोगकर्तालाई सल्लाहः

अनुसन्धानकर्ताले एप निकै राम्रो भएको र यसले विगतमा कहिले पनि कसैलाई हानी नपुर्याएको बताएको छ । यसले विज्ञापनमार्फत् पैसा कमाउँथ्यो । तर अब यस्तो भन्नु गलत हुनेछ । अर्थात्, फोनमा यो एप अब तपाईंले तुरुन्त हटाउनुपर्छ । एप हटाउनु अघि यसको डाटा र क्याश क्लियर गर्नुपर्छ ।

यसका लागि सेटिङ्गमा गएर एपमा जानुहोस् र त्यहाँ क्यामस्क्यानर सेलेक्ट गर्नुहोस् । अब स्टोरेजभित्र गएर ‘क्लियर डेटा’ र ‘क्लियर क्याश’ सेलेक्ट गर्नुहोस् ।

एपलाई दिइएको अनुमती जस्तै फोटो, भिडियो, एल्बम, कन्ट्याक्टलाई पनि बन्द गर्नुहोस् । त्यसपछि क्यामस्क्यानर एपलाई अनइन्स्टल गर्नुहोस् ।

यदि तपाईं फोनमा एन्टी भाइरस छ भने एकपटक त्यसलाई पनि रन गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्