सानिमा बैंकको गैर आवासीय नेपालीहरुका लागि नयाँ खाता योजना

<span class='c1'>सानिमा बैंकको गैर आवासीय नेपालीहरुका</span> <span class='c2'>लागि नयाँ खाता योजना</span>

काठमाडौं । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि नयाँ खाता योजना ल्याएको छ । बैंकले दाबी गरेअनुसार उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता ल्याइएको हो ।
यो खाता गैरआवासीय नेपालीहरुले अमेरिकी डलर, पाउन्ड स्टर्लिङ वा युरो मुद्रामा खोल्न सक्छन् । विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउन्ड स्टर्लिङमा ३ प्रतिशत र युरोमा २ प्रतिशतको उच्चतम ब्याजदर प्राप्त गर्न सकिन्छ ।

सानिमा एनआरएन मुद्दती खाता खोल्दा न्यूनतम रकम १० हजार अमेरिकी डलर, पाउन्ड स्टर्लिङ वा युरो) हुनुपर्ने छ । दुई वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भएपछि साँवा तथा ब्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकम जम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्नेछन् ।
यो खाता बैंकको वेबसाइटबाट खोल्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्