बिराटनगर भदौ २८ ,
हुलास खाद्यान्न र हुलास पानी उद्योगको आयोजनामा बिराटनगरमा हुलास होरिका मिट सम्पन्न भएको छ । बिराटनगरको रत्ना होटेलमा शुक्रबार साँझ आयोजित कार्यक्रममा हुलासका बिभिन्न खाधान्नको बारे उपस्थित लाई जानकारी गराईएको थियो । कार्यक्रममा हुलास खाद्यान्नका डिलर , पत्रकार तथा बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा हुलासका उत्कृष्ट डिलरहरुलाई बिभिन्न पुरस्कारसहित सम्मान समेत गरिएको थियो ।
हुलास खाद्यान्नका निर्देशक सुरेन्द्र गोल्छाले उत्कृष्ट डिलरहरुलाई बिभिन्न पुरस्कारसहित सम्मान गरेको थियो ।