फेरि बढ्यो सुनचाँदीको मूल्य , आजको मूल्य यस्तो !

फेरि बढ्यो सुनचाँदीको मूल्य , आजको मूल्य यस्तो !

काठमाडौं । शुक्रबार सुन तथा चाँदीको मूल्य बढेको छ  । अघिल्लो दिन (बिहिबार) प्रतितोला ७० हजार ७ सय रुपैयाँ रहेको सुन शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँ तोकिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन (बिहिबार) प्रतितोला ८ सय ५५ रुपैयाँ रहेको चाँदी शुक्रबार तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६० रुपैयाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्