लोकसेवा अध्ययनका लागि काम लाग्ने कुरा : वस्तुगत प्रश्नोत्तर (पढ्नुहोस्)

लोकसेवा अध्ययनका लागि काम लाग्ने कुरा : वस्तुगत प्रश्नोत्तर (पढ्नुहोस्)

१. कर्मचारी सञ्चय कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमका लागि तयार गरेको कम्प्युटर प्रणालीको शुभारम्भ कहिले गरियो ?
 विक्रम संवत् २०७६ भदौ ३१
कोषले विसं २०७६ साउन १ यता स्थायी नियुक्त हुने सरकारी सेवाका सम्पूर्ण कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण योजना कार्यान्वयनको जिम्मेवारी पाएसँगै सञ्चालनको तयारीकै सन्दर्भमा सो कम्प्युटर प्रणाली बनाएको । यसका साथै आवश्यक अन्य संरचनागत, प्रक्रियागत एवम् प्रणालीगत तयारी पनि पूरा भएको कोषले जनाएको ।
– कर्मचारी सञ्चय कोष ऐन–२०१९ अनुसार विसं २०१९ भदौ ३१ मा यो संस्थाको स्थापना भएको ।
– कर्मचारी सञ्चयकोषमा हाल करिब छ लाख सञ्चयकर्ताको ३४५ अर्ब रुपियाँभन्दा बढीको वित्तीय स्रोत रहेको ।
– सो रकमबाट कोषले सञ्चयकर्ताको आवश्यकता पूर्तिका लागि विशेष, शैक्षिक, घर, घर मर्मत र सञ्चयकर्ता सरल चक्र कर्जाजस्ता सापटी सुविधा प्रदान गर्दै आएको छ ।
– त्यस्तै, मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसूति स्याहार, किरिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चय कोषकर्ता स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
– कोषले मुलुकको पूर्वाधार विकासका लागि विभिन्न जलविद्युत् कम्पनी माथिल्लो तामाकोसी, चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित विभिन्न जलविद्युत् आयोजनामा ऋण लगानी गरेको छ । त्यस्तै, नेपाल वायुसेवा निगमलाई विमान खरिद गर्नका लागि ऋण लगानी गरेको छ ।
– कोषले अधिकांश सेयर स्वामित्व सञ्चयकर्ताको रहने गरी वेतन–कर्णाली जलविद्युत् आयोजना निर्माण प्रक्रियाको सुरुवातसमेत गरेको छ ।

२. अमेरिकाको बेस्ट क्लिफ युनिभर्सिटीद्वारा मानार्थ विद्यावारिधि उपाधि प्राप्त गर्ने नेपाली चेली को हुन् ?
 धावक मीरा राई
– युनिभर्सिटीले राईको साहसिक कार्यको सम्मान गर्दै उपाधि दिएको ।
– काठमाडौँमा हालै सम्पन्न प्रेसिडेन्सियल बिजनेस स्कुल (बेस्ट क्लिफको सम्बन्धनप्राप्त कलेज) को दीक्षान्त समारोहमा राईलाई विद्यावारिधि उपाधि प्रदान गरिएको ।

३. साहसिक नचारु नाच कुन ठाउँमा प्रचलित नाच हो ?
 रुकुम र रोल्पा
– खासगरी रुकुम (पूर्व) र रोल्पाका मगर समुदायमा यो नाच प्रचलनमा रहेको ।
– यो नाचका २२ तालमध्येमा तरवारको धारमा समेत नाच्नुपर्ने हुन्छ ।
– नचारु नाच दिउँसो र राति गरी दुई तरिकाले नाचिन्छ । दिनमा बढी मनोरञ्जन दिने तरिकाले नाचिन्छ भने रातमा देवीदेवतालाई खुसी पार्नेगरी नाचिन्छ ।

४. फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०१९ सेप्टेम्बर १९ मा सार्वजनिक वरियतामा शीर्ष १० स्थानमा रहन सफल राष्ट्र कुन–कुन हुन् ?
 व्रmमश ः बेल्जियम, फ्रान्स, ब्राजिल, इङ्ग्ल्यान्ड, पोर्चुगल, उरुग्वे, स्पेन, क्रोएसिया, कोलम्बिया र अर्जेन्टिना ।
– सेप्टेम्बर महिनाको वरियतामा नेपाल १६१औँ स्थान (पाँच स्थान सुधार) मा रहेको ।
– सार्क राष्ट्रमा भारत र माल्दिभ्स पहिलो र दोस्रो स्थानमा रहेका छन् भने नेपाल तेस्रो स्थानमा रहेको ।
– एसियाली वरियतामा इरान शीर्षस्थानमा रहेको ।

५. सिंहदरबारस्थित पुतली बगैँचामा सङ्घीय संसद् भवनको शिलान्यास कहिले गरियो ?
 विसं २०७६ असोज १
– भवन आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ।
– सङ्घीय संसद् भवन परिसरमा ११ वटा भवन निर्माण गरिने भएको ।
– भवन परिसर १७३ रोपनी क्षेत्रफलमा फैलिएको ।
– भवनको अनुमानित लागत सात अर्ब ७३ करोड ५२ लाख रहेको ।
– सङ्घीय संसद्ले हाल नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वार्षिक १५ करोड भाडा तिरिरहेको छ ।

६. ‘बन्ढुनी’ अर्थात् बूढी पोल्ने पर्व कुन क्षेत्रमा प्रचलनमा रहेको छ ?
 सुदूरपश्चिम
(असोज १ गतेका दिन राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा सुदूरपश्चिममा यो पर्व मनाउने प्रचलन रहेको छ । भाद्र सङ्क्रान्तिमा नजिकैको वनबाट झिरझिरी काँडो काटेर घरका ढोका तथा झ्यालमा लगाउने गरिन्छ र असोज सङ्क्रान्तिमा त्यसलाई झिकेर चौबाटोमा जलाइन्छ ।)

७. महाउज्ज्वल राष्ट्रदीप (प्रथम) यस वर्ष (२०७६) कसलाई प्रदान गरिने भएको छ ?
 साहित्यकार मदनमणि दीक्षित र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी (मरणोपरान्त)
– त्यस्तै, सुप्रसिद्ध प्रवल जनसेवाश्री (प्रथम) प्रा.डा. दिव्या सिंह, स्व. आङछिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रा. अननथरमण वाथसला, प्रा.डा. अनन्तकुमार, डा. राजीवकुमार शर्मा, डा. हर्ष दुवा तथा उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी) काशीराज दाहाललाई प्रदान गरिने भएको ।
– राष्ट्रपति विद्यादेवि भण्डारीबाट विसं २०७६ असोज ३ गते संविधान दिवसमा घोषणा गरिएको विभूषण (मानपद्वी, अलङ्कार र पदक) आगामी २०७७ वैशाख १ गते नयाँ वर्षका अवसरमा प्रदान गरिने ।

८. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संंविधान दिवस २०७६ को अवसरमा गणेशमान सिंह जनआन्दोलन स्वर्णपदक तथा विभूषण कसलाई प्रदान गरियो ?
 मरणोपरान्त पूर्वप्रधानमन्त्री सुशील कोइराला

९. ‘स्कुल स्ट्राइक फर क्लाइमेट मुभमेन्ट’ को संस्थापक को हुन् ?
 ग्रेटा थनवर्ग
– यो आन्दोलनको सुरुवात सन् २०१८ अगस्ट महिनामा भएको ।
– स्वीडेनकी ग्रेटा (१७ वर्षीया) ले स्वीडेनको संसद्मा पेरिस सम्झौताअनुसार कार्वन उत्सर्जन कम गर्नका लागि स्कुल नगएर संसद्बाहिर विरोध प्रदर्शन गरेको । जलवायु परिवर्तनमाथि केही गर्नका लागि आफ्ना विद्यार्थी साथीलाई वातावरणबारेमा सोच्न र त्यसका लागि एक दिन स्कुल नगएर विरोध जनाउने ग्रेटाको सानो प्रयासले एउटा विश्व आन्दोनलको रूप लिन पुग्यो । “संसारको प्रदूषणलाई रोक्न हामी किशोरहरू नै अघि बढ्नुपर्छ, भोलिको हाम्रो भविष्य बचाउन” यो विचारलाई युरोपभरिका विद्यार्थीले साथ दिए । यो अभियान २७० सहर र २० हजार स्कुलमा फैलियो ।

१०. प्रदेश एक सरकारले तर्जुमा गरेको प्रथम पञ्चवर्षीय योजनाअनुसार योजना अवधिमा प्रतिव्यक्ति आय कति पु¥याउने लक्ष्य छ ?
 १६२० अमेरिकी डलर (वर्तमान डलर मूल्यमा एक लाख ८४ हजार ६८० रुपियाँ)
– हाल यस प्रदेशको प्रतिव्यक्ति आय एक हजार ६२ डलर रहेको । पाँच वर्षभित्र प्रतिव्यक्ति आय ५३ प्रतिशतभन्दा बढीले वृद्धि गर्ने लक्ष्यसहितको पञ्चवर्षीय योजना पारित गरिएको ।
– यस अवधि (२०७६÷७७–२०८०÷८१) मा मानव विकास सूचकाङ्क ०.५२३ बाट ०.६०० पु¥याउने लक्ष्य रहेको ।
– प्रदेशको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान हालको करिब २० प्रतिशतबाट बढेर २४ प्रतिशत पुग्ने र दुई लाख रोजगारीका अवसर सिर्जना हुने ।
– योजना अवधि भरमा कुल गार्हस्थ उत्पादन ८ खर्ब ३ अर्ब ५ करोड ३० लाख पु¥याउने लक्ष्य रहेको । हाल कुल गार्हस्थ उत्पादन ५ खर्ब ५० अर्ब २९ करोड रहेको ।
– आर्थिक वृद्धिदर १०.४ प्रतिशत कायम गर्ने लक्ष्य रहेको ।
– योजना अवधिभरमा साक्षरता दर ९९ प्रतिशत पु¥याउने लक्ष्य ।
– औसत आयु ७० वर्षबाट ७३ वर्ष पु¥याइने ।

११. छैटौँ राष्ट्रिय परिवार योजना दिवस २०७६ को नारा के हो ?
 किशोर किशोरीको सहभागिता ः परिवार योजना सेवाको सुनिश्चितता
(नेपाल सरकारले परिवार योजना सेवालाई गुणस्तरीय, सुरक्षित, प्रभावकारी बनाउने तथा विशेष गरी दुर्गम, दलित तथा पिछडिएका वर्गहरूमा लक्षित गरी सेवाको पहुँच बढाउने रणनीति लिएको जनाएको ।)

१२. प्रादेशिक प्रकाशनको पहिलो पाइलाका रूपमा प्रदेश १ र २ लाई लक्षित गरी गोरखापत्रको प्रकाशन विराटनगरबाट कहिलेदेखि सुरु भएको हो ?
 विसं २०७६ असोज ३
– नेपाली पत्रकारिताको इतिहासमा छुट्टै पहिचान र गौरवपूर्ण इतिहास बनाएको मुलुककै पहिलो र जेठो अखबार गोरखापत्र र यसका सहप्रकाशनहरू दी राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुना पूर्वको ऐतिहासिक नगरी विराटनगरबाट प्रकाशन शुरु भएको ।
– विसं १९५८ वैशाख २४ बाट प्रकाशन सुरु भएको गोरखापत्रको यात्रा प्रादेशिक प्रकाशन सुरु भएबाट नयाँ फड्को मारेको महसुस गरिएको ।

१३. गोरखापत्रमा हाल कति भाषामा सामग्री प्रकाशन हुने गरेको छ ?
 ३८

१४. सातौँ विज्ञान दिवस २०७६ को नारा के हो ?
 विज्ञान प्रविधि र नवप्रवर्तन ः सामाजिक आर्थिक रूपान्तरण
– विसं २०६९ मङ्सिर ८ गतेको मन्त्रिपरिषद्को बैठकले विज्ञान दिवस मनाउने निर्णय गरसँगै २०७० असोज १ गतेदेखि विज्ञान दिवस मनाउन सुरु गरिएको ।
– नेपालको पहिलो विज्ञान क्याम्पस अमृत साइन्स (अस्कल) क्याम्पस स्थापना भएको दिन अर्थात् असोज १ गतेलाई विज्ञान दिवसका रूपमा मनाउने गरिएको ।
– नेपालमा विज्ञानको विकासको अवस्था हेर्दा विसं २०३३ सालमा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद्को स्थापना भएको । सो पश्चात विज्ञान प्रविधि क्षेत्रमा क्रियाशील सबै निकायबीच समन्वय गरी विज्ञान र प्रविधिसम्बन्धी काम गर्न २०३९ मङ्सिर २० गते तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (रोनास्ट) स्थापना भएको थियो । हाल यसलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) बनाइएको छ ।
– विसं २०५३ मा विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना भएकोमा विज्ञान र शिक्षा मन्त्रालयलाई गाभी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बनाइएको ।
– विसं २००५ बाट प्रवेशिका परीक्षामा अनिवार्य विषयअन्तर्गत विज्ञानले प्रवेश पाएको थियो ।
– नेपालमै १९९० सालबाट प्रवेशिका परीक्षा दिन पाउने व्यवस्था सुरु हुँदा विज्ञान विषयलाई ऐच्छिक बनाइएको थियो ।

१५. सन् २०१९ सेप्टेम्बरमा ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्ने प्रशान्त महासागरीय मुलुक कुन हो ?
 सोलोमन द्वीप
– सोलोमनले आफ्नो कूटनीतिक सम्बन्ध चीनसँग जोडेको ।
– अमेरिका र अस्ट्रेलियाबीचमा अवस्थित सोलोमन द्वीप चीनका लागि रणनीतिक महŒवको मुलुकका रूपमा रहेको ।

 

१६. २३औँ शीतकालीन ओलम्पिक खेल कहिले र कहाँ सम्पन्न भएको हो ?
 सन् २०१८ फेब्रुअरी ९– २५, प्योङचाङ, दक्षिण कोरिया
– यस प्रतियोगिताको सहभागी राष्ट्रको सङ्ख्या ९२ रहेको ।
– २३औँ ओलम्पिकमा नर्वे (१४ स्वर्ण, १४ रजत र ११ कास्य गरी ३९ पदक), जर्मनी (१४ स्वर्ण, १० रजत र ७ कास्य गरी ३१ पदक) र क्यानडा (११ स्वर्ण, ८ रजत १० र कास्य गरी २९ पदक) क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका ।

१७. एटीएम (अटोमेटेड टेलर मेसिन) का आविष्कारक को हुन् ?
 जोन एड्रियन सेफर्ड व्यारोन

१८. मदर टेरेसाका जन्म कहिले र कहाँ भएको हो ?
 सन् १९१० अगस्ट २६, उत्तरी मेसेडोनिया (उहाँ अल्वानियन मूलको रहेको)
(निधन ः सन् १९९७ सेप्टेम्बर ५, भारतमा)

१९. जीवनाशक विषादी व्यवस्थापन ऐन–२०७६ कहिलेदखि लागू भएको हो ?
 विसं २०७६ भदौ १३

२०. राष्ट्रिय बालदिवस कहिले मनाउने गरिन्छ ?
 भदौ २९

२१. भूउपयोग ऐन–२०७६ कहिलेदेखि लागू भएको हो ?
 विसं २०७६ भदौ ६

२२. भूउपयोग ऐन–२०७६ अनुसार कृषि क्षेत्र भन्नाले के बुझिन्छ ?
 कृषि बाली उत्पादन, पशुपक्षीपालन, फार्म हाउस, मत्स्यपालन, माहुरीपालन, रेसमखेतीलगायत कृषिजन्य उत्पादन, वागबानी वा वनवाटिका, जडीबुटी र कृषि वनका लागि प्रयोग भएको वा हुन सक्ने जग्गा ।

२३. सरकारले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कसलाई नियुक्त ग¥यो ?
 दिनेशकुमार थपलिया (विसं २०७६ वैशाख ६)

२४. योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ अनुसार सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने श्रमिकको योगदानको दर कति रहेको छ ?
 ११ प्रतिशत
– श्रमिकको योगदानको दर निजको आधारभूत पारिश्रमिकको ११ प्रतिशत रहेको ।
– रोजगारदाताको योगदानको दर श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रहेको ।
– सामाजिक सुरक्षा कोषमा सूचीकरण भई सामाजिक सुरक्षा कोषमा उल्लिखित योगदान रकम जम्मा गर्न सुरु गरेपछि श्रम ऐन–२०७४ को परिच्छेद–१० बमोजिमको सञ्चयकोष, उपदान र औषधि उपचार बीमाबापत थप रकम जम्मा गर्नु नपर्ने ।

२५. नेपालमा कुन जनगणनाको लगत प्रशोधनका लागि पहिलोपटक कम्प्युटर प्रयोग गरिएको हो ?
 सातौँ (विसं २०२८)
– नेपालमा विसं १९९८ सम्म सञ्चालन भएका जनगणना व्यक्ति गणनाका आधारमा गरिन्थ्यो । जसबाट नीति तथा योजना निर्माणका लागि आवश्यक अन्य तथ्याङ्कगत जानकारी प्राप्त हुँदैनथ्यो । तर, २००९÷११ सालदेखि गरिएका जनगणना अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गरिएकाले त्यसपछिका जनगणना वैज्ञानिक मानिन्छन् ।
– अबको दुई वर्षपछि १२औँ राष्ट्रिय जनगणना हुने भएको ।

२६. १२औँ राष्ट्रिय जनगणनाको नारा के हो ?
 मेरो गणना, मेरो सहभागिता
– नेपालमा विसं १९६८ बाट सुरु भएको जनगणना सोपश्चात् लगभग प्रत्येक दस वर्षमा हुँदै आएको ।
– १२औँ राष्ट्रिय जनगणना विसं २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको ।

२७. आसियानका संस्थापक सदस्य राष्ट्रका रूपमा चिनिने राष्ट्र कति छन् ?
 पाँच (थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, सिङ्गापुर र फिलिपिन्स )

२८. राणाकालीन प्रशासनिक व्यवस्थामा जङ्गी तथा निजामती कर्मचारीलाई रकम सापटी दिने अड्डालाई के भनिन्थ्यो ?
 तेजारथ अड्डा

२९. प्रसिद्ध कलाकार लिओनार्दाे दा भिन्चीको जन्म कहिले भएको हो ?
 सन् १४५२ अप्रिल (इटाली)
(मोनालिसा, द लास्ट सुपर, लेडी विथ एन एम्पायर, भर्जिन अफ द रक्स, द भिट्रुभियन म्यान, सल्भेटर मुन्डी उहाँका चर्चित कलाकृति हुन् । उहाँको निधन ६७ वर्षको उमेरमा सन् १५१९ मे २ मा भएको हो ।)

३०. पुष्करिणी र सिद्धार्थ नामक पोखरी कहाँ रहेका छन् ?
 लुम्बिनी

प्रस्तुतकर्ता : टङ्क केसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्