सलमान खानका पूर्व अंगरक्षकले मच्चाए उत्पात, प्रहरीले जाल हालेर नियन्त्रणमा लियो

सलमान खानका पूर्व अंगरक्षकले मच्चाए उत्पात, प्रहरीले जाल हालेर नियन्त्रणमा लियो

न्यू दिल्ली १० असोज । भारतको उत्तर प्रदेशको मुरादाबादमा बलिउड स्टार सलमान खानका अंगरक्षक रहिसकेका एक युवकले औषधिको ओभरडोजका कारण उत्पात मच्चाएका छन्।उनले गाडीहरुमा तोडफोड गर्नुका साथै पैदल यात्रुलाई समेत कुटपिट गरेका छन् ।

ती युवलाई नियन्त्रणमा लिन प्रहरीको पसिना छुटेको छ । अन्त्यमा उनलाई जाल हालेर पक्राउ गरिएको छ । घटना मुरादाबादको मुगलपुरा क्षेत्रको हो । त्यहाँको पीरगैबमा रहने अनस कुरैशी घरबाट बाहिर निस्के र बाटोमा जसलाई भेटे उसलाई कुट्न थाले ।

अनसले उत्पात मच्चाउन थालेपछि मानिसहरु आतंकीत बने । पसलहरु बन्द गरेर मानिसहरु लुक्न थाले । उनले मानिसलाई मात्रै कुटेनन् गाडीहरुमा समेत तोडफोड गरे । उनले एक प्रहरीको मोटरसाइकलमा समेत तोडफोड गरे ।

प्रहरीको टोलीले थप मद्दत मगाएर समेत उनलाई नियन्त्रणमा लिन सकेन । अन्त्यमा डोरी मगाएर जाल हालेर नियनत्रणमा लिइयो । प्रहरीले उनको हातखुट्टा बाँधेर अस्पताल लग्यो । अहिले उपचार चलिरहेको छ।

अनस कलाकार सलमान खान र उनका भाइ सुहेल खानका अंगरक्षक बनेका थिए । अहिले पनि उनी एक नेताका अंगरक्षक छन् । उनी तीन दिन पहिले मात्रै घर आएका थिए । चिकित्सकले औषधिको ओभरडोजका कारण अनसले यस्तो हर्कत गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्