विराटनगरस्थित सेन्ट्रल मलमा उपभोक्ताको भिड,आज कसले जित्ला मोटरसाइकल ?

विराटनगरस्थित सेन्ट्रल मलमा उपभोक्ताको भिड,आज कसले जित्ला मोटरसाइकल ?

विराटनगर  असोज ।  विराटनगरस्थित सेन्ट्रल मलमा उपभोक्ताको भिड बढ्न थालेको छ । मलमा शनिबार ब्यापक भिड देखिएको थियो । मलले उपभोक्ता लक्षित उपहार योजना अघि सारेपछि भिड बढेको हो  । जसअनुसार आज मलका एकजना भाग्यमानी बिजेताले मोटरसाइकल जित्ने छन् । योजनाको पहिलो लक्की ड्र आज (आइतबार) गरिने छ ।

मलमा नेपालीहरूको महान् पर्व दसैं–तिहारको उपलक्ष्यमा मलमा खरिद गर्ने ग्राहकका लागि राइस कुकरदेखि मोटरसाइकलसम्मका उपहार दिने भएको छ । हरेक वस्तुको खरिदमा उपहार कुपन उपलब्ध गराइने मलका सञ्चालक प्रकाश मुन्दडाले जानकारी दिए । एक हजार मूल्य बराबरको सामान खरिद गर्ने उपभोक्ताले हरेक दिन एउटा लक्की कुपन पाउनेछन् । योजनाअन्तर्गत एक हजारको सामान खरिद गरी कुपन पाउने ग्राहकले उपहार पाउने मुन्दडाले बताए । जसअन्तर्गत प्रत्येक दिन नगद, सेन्ट्रल फिल्म हलको छुट टिकट र उपहार कार्ड पाउनेछन् । मुन्दडाका अनुसार हरेक हप्ता माइक्रो ओभन, राइस कुकर, वाटर फिल्टर, भ्याकुम क्लिनर्सलगायतका तीनजनालाई प्रदान गरिनेछ ।

महिनाको अन्तिम दिन बम्पर उपहारका रुपमा १ जनाले बैंकक भ्रमण ४ जनालाई यामाहा कम्पनीको मोटरसाइकल र स्कुटर उपहारमा पाउने उनले जनाए । जसमा घटस्थापना, फूलपाती, लक्ष्मीपूजा र छठ पर्वमा १–१ जनालाई मोटरसाइकल र स्कुटर प्रदान गरिने सञ्चालक मुन्दडाले बताए । असोज ११ देखि कात्तिक १६ गतेसम्म सञ्चालन हुने उपहार योजनाअन्तर्गत हरेक दिन साँझ राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने छ । मलबाहेक सेन्ट्रल बजारका विभिन्न पसलहरूले समेत ग्राहकहरूलाई विशेष छुट दिनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्