सेन्ट्रल मलको पहिलो बम्पर बिजेता बने क्रितु ,पाए यामाहाको मोटरसाइकल (बिजेताको नामावली)

सेन्ट्रल मलको पहिलो बम्पर बिजेता बने क्रितु ,पाए यामाहाको मोटरसाइकल (बिजेताको नामावली)

विराटनगर  असोज । सेन्ट्रल मलले उपभोक्ता लक्षित उपहार योजनाको पहिलो बम्पर उपहार घोषणा गरेको छ । एकजना भाग्यमानी बिजेताले मोटरसाइकल जितेका छन् । आइतबार गरिएको बम्पर उपहारमा क्रितु आरकेले यामाहाको मोटरसाइकल जित्न सफल भएका छन् ।

मलमा नेपालीहरूको महान् पर्व दसैं–तिहारको उपलक्ष्यमा मलमा खरिद गर्ने ग्राहकका लागि राइस कुकरदेखि मोटरसाइकलसम्मका उपहार दिने भएको छ ।  एक हजार मूल्य बराबरको सामान खरिद गर्ने उपभोक्ताले हरेक दिन एउटा लक्की कुपन पाउनेछन् । योजनाअन्तर्गत एक हजारको सामान खरिद गरी कुपन पाउने ग्राहकले उपहार पाउने छन्  । जसअन्तर्गत प्रत्येक दिन नगद, सेन्ट्रल फिल्म हलको छुट टिकट र उपहार कार्ड पाउनेछन् । मुन्दडाका अनुसार हरेक हप्ता माइक्रो ओभन, राइस कुकर, वाटर फिल्टर, भ्याकुम क्लिनर्सलगायतका तीनजनालाई प्रदान गरिनेछ ।

 

महिनाको अन्तिम दिन बम्पर उपहारका रुपमा १ जनाले बैंकक भ्रमण ४ जनालाई यामाहा कम्पनीको मोटरसाइकल र स्कुटर उपहारमा पाउने उनले जनाए । जसमा घटस्थापना, फूलपाती, लक्ष्मीपूजा र छठ पर्वमा १–१ जनालाई मोटरसाइकल र स्कुटर प्रदान गरिने सञ्चालक मुन्दडाले बताए । असोज ११ देखि कात्तिक १६ गतेसम्म सञ्चालन हुने उपहार योजनाअन्तर्गत हरेक दिन साँझ राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने छ । मलबाहेक सेन्ट्रल बजारका विभिन्न पसलहरूले समेत ग्राहकहरूलाई विशेष छुट दिनेछन् ।

यस्तो छ बिजेताको नामावली : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्