बिराटनगरको सेन्ट्रल मलमा महाउत्सब: उपहार योजना साथै कुटुम्ब ब्याण्डको प्रस्तुति हुने

<span class='c1'>बिराटनगरको सेन्ट्रल मलमा महाउत्सब: उपहार योजना</span> <span class='c2'>साथै कुटुम्ब ब्याण्डको प्रस्तुति हुने</span>

बिराटनगर असोज १४,

बिराटनगरको सेन्ट्रल मलमा अहिले उपभोक्ता लक्षित महाउत्सब चलिरहेको छ । सेन्ट्रल मलले उपभोक्ता लक्षित उपहार योजनाको पहिलो बम्पर उपहार घोषणा गरेको छ । छुट संगै मलमा यहि असोज १८ गते नेपालको लोकप्रिय कुटुम्ब ब्याण्डको सहभागितामा सांगीतिक कार्यक्रम समेत हुने भएको छ।

शनिबार दिउसो ३ बजेदेखि उक्त सांगीतिक कार्यक्रम हुनेछ।

मलको उपहार योजना यस्तो : 

मलमा नेपालीहरूको महान् पर्व दसैं–तिहारको उपलक्ष्यमा मलमा खरिद गर्ने ग्राहकका लागि राइस कुकरदेखि मोटरसाइकलसम्मका उपहार दिने भएको छ ।  एक हजार मूल्य बराबरको सामान खरिद गर्ने उपभोक्ताले हरेक दिन एउटा लक्की कुपन पाउनेछन् । योजनाअन्तर्गत एक हजारको सामान खरिद गरी कुपन पाउने ग्राहकले उपहार पाउने छन्  । जसअन्तर्गत प्रत्येक दिन नगद, सेन्ट्रल फिल्म हलको छुट टिकट र उपहार कार्ड पाउनेछन् । मुन्दडाका अनुसार हरेक हप्ता माइक्रो ओभन, राइस कुकर, वाटर फिल्टर, भ्याकुम क्लिनर्सलगायतका तीनजनालाई प्रदान गरिनेछ ।

महिनाको अन्तिम दिन बम्पर उपहारका रुपमा १ जनाले बैंकक भ्रमण ४ जनालाई यामाहा कम्पनीको मोटरसाइकल र स्कुटर उपहारमा पाउने उनले जनाए । जसमा घटस्थापना, फूलपाती, लक्ष्मीपूजा र छठ पर्वमा १–१ जनालाई मोटरसाइकल र स्कुटर प्रदान गरिने सञ्चालक मुन्दडाले बताए । असोज ११ देखि कात्तिक १६ गतेसम्म सञ्चालन हुने उपहार योजनाअन्तर्गत हरेक दिन साँझ राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने छ । मलबाहेक सेन्ट्रल बजारका विभिन्न पसलहरूले समेत ग्राहकहरूलाई विशेष छुट दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्