२७ आश्विन २०७६, सोमबार

फेरी घट्यो सुनको मूल्य , आजको मूल्य यस्तो

दसैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रति तोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य रु ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार र तेजावी सुन रु ६९ हजार ७०० मा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला रु ८२५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

पछिल्लो दुई,तीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस