विराटनगर ५ जामुनगाछी घर भएका सरकारी कर्मचारीले सुसाईड नोट छोडेर सप्तकोशीमा हाम फाले

विराटनगर ५ जामुनगाछी घर भएका सरकारी कर्मचारीले सुसाईड नोट छोडेर सप्तकोशीमा हाम फाले

विराटनगर, १७ असोज । विराटनगर महानगरपालिका ५ जामुनगाछी घर भएका राजेशकुमार शाहले सप्तकोशीमा सुसाईड नोट लेखेर हाम फालेका छन् ।
कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ का कर्मचारीले सुसाईड नोट सहित सप्तकोशीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

कोशी ब्यारेज पुलको १६ नम्बर ढोकामा को २२ प ६९६५ नम्बरको मोटरसाईक परिचय पत्र र सुसाईट नोट छोडेर शाहले आत्महत्या गरेका हुन ।
धेरै बेर सम्म कोशी ब्यारेजको पुलमा मोटरसाईकल देखे पछि प्रहरीले खोजिनिधि गरेको थियो । सुसाईड नोटमा मेरो मृत्युको कारण अरुनै हो भनेर लेखिएको भेटिएको जिल्ला प्रहरी कायृलय सुनसरीका डिएसपी विनोद शर्माले बताए । हामीले घट्नालाई अनुसन्धान गर्ने कोशी ब्यारेजको सिसि टिभि भुटेज हेर्दा १६ नम्बर ढोकाको दक्षिणबाट हाम फालिएको देखिएको बताए । प्रहरीले खोजतलास गर्दा शाहको शब घोप्टो परेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । शवको पोष्टमाटमको लागि जिल्ला असपताल सुनसरी लगिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्