थाइलाण्डमा पंक्षीहरुको संगीत प्रतियोगिता आयोजना

थाइलाण्डमा पंक्षीहरुको संगीत प्रतियोगिता आयोजना

नेपाललगायत धेरै मुलुकमामा गीत गाउने विभिन्न प्रतियोगिता हुने गरेका छन् । तर थाइल्याण्डमा मानिसले मात्र होइन चराको पनि गीत गाउने प्रतियोगिता हुन थालेको छ ।

थाइलाण्डमा नारथीवाटमा पंक्षीहरुको संगीत प्रतियोगिता आयोजना गरिएको छ । यो प्रतियोगितामा थाइल्याण्ड बाहेक सिंगापुर र मलेसियाबाट समेत गरी १८ सयभन्दा धेरै चराहरुले भाग लिएका छन् । चार महिनाको तालिमपछि प्रतियोगितामा भाग लिएका चराहरुको उक्त प्रतियोगिता गत वर्ष पनि सम्पन्न भएको थियो ।

प्रतियोगितामा बुलबुल, सुगा, परेवालगायतका चराहरु सहभागी हुन्छन् । विभिन्न चार चरणमा हुने प्रतियोगितामा प्रत्येक राउण्डमा चराहरुले कम्तिमा ३ पटक २५ सेकेण्डसम्म गीत गाउनु पर्दछ । प्रतियोगिताका क्रममा चराहरुलाई १५ फिट उचाइको खम्बामा पिँजडाभित्र राखिन्छ र ती चराहरुलाई पटकपटक गीत गाउन लगाइन्छ ।

निर्णायकहरुले हरेक चराहरुलाई उनीहरुको गायनको आधारमा नम्बर दिन्छन् । यो वर्षको प्रतियोगिता जित्ने चराले पुरस्कार स्वरुप एक लाख रुपैया भन्दा बढी पाएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्