दसैँ मनाएर फर्कंदै गरेको बस पल्टियो ६ को मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

दसैँ मनाएर फर्कंदै गरेको बस पल्टियो ६ को मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौं,२४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा परेको र मृत्यु हुनेको संख्या ६ पुगेको स्थानीय होमप्रकाश चौलागाईंले जानकारी दिए ।
बसमा ७० जनाभन्दा बढी यात्रु रहेको र ३० जना गम्भीर घाइते रहेको उनको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दसैँ मनाएर फर्कंदै गरेका यात्रु भएकाले बसमा कति सवार थिए भनेर यकिन हुन सकेको छैन । हताहतीको संख्या बढ्न सक्ने स्थानीयको आँकलन छ । बस सडकबाट दुई सय मिटर तल खसेको छ । गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
बाह्रखरीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्