चाईनिज पेस्तोल र लागुऔषध सहित धरानबाट एक व्यक्ति पक्राउ

चाईनिज पेस्तोल र लागुऔषध सहित धरानबाट एक व्यक्ति पक्राउ

विराटनगर, २७ असोज । सुनसरीको धरान १० बाट ठुलो परिणामको लागुऔषध र हतियार सहित १ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ३ घर भई आचार्य लाईन धरानमा डेरा गरी बस्ने २३ वर्षीय निरज कुमार राउतलाई लागुऔषध र हतियार सहित डेराबाट नै पक्राउ गरेको हो ।
राउतको डेराबाट प्रहरीले ठुलो चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र १३ राउण्ड गोली बरामद गरेको छ । यसैगरी डाइलेक्स डिसि एकसय एमएलको २२५ बोतल, खैरो होरोइन ७ ग्राम, न्यूट्रोसन ६४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुल, नगद ११,३ सय ३० रुपैयाँ, तौल गर्ने डिजिटल मेसिन १ थान, मोवाइल १ थान लगाएत अन्य कागजात समेत बरामद गरेको छ । लागुऔषध र हतियार सहित पक्राउ परेका राउतको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्