बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ, के हुन्छ कारबाही ?

<span class='c1'>बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद</span> <span class='c2'>पक्राउ, के हुन्छ कारबाही ?</span>

काठमाडौं, २८ असोज । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले साहलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थल (आन्तरिक) बाट आज पक्राउ गरेको हो ।


उनलाई पक्राउ गर्न आज नै महोत्ततरी जिल्ला अदालतले अनुमति दिएको थियो । जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले साहलाई पक्राउ गर्न अनुमति दिएको थियो । सर्लाहीबाट निर्वा्चित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए । समयमा जहाज नआएको भन्दै सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अभद्र व्यवहार गरेको बताइएको छ । सोमबार बिहान ११ः४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि उनी आवेशमा आएका थिए । व्यवस्थापन पक्षले लापरबाही गरेका कारण यात्रुले दुःख पाएको भन्दै उनी बुद्ध एयरका कर्मचारीसँग आक्रोशित बनेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्