विप्लवका दाई वीरजङ्ग सहित नेकपा विप्लव समूहका २१ कार्यकता पक्राउ

विप्लवका दाई वीरजङ्ग सहित नेकपा विप्लव समूहका २१ कार्यकता पक्राउ

काठमान्डौ, ३० असोज । नेकपा विप्लव समूहका २१ कार्यकर्ता दाङको राजापुर क्षेत्रबाट पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुसँग विस्फोट सामग्री र हतियार पनि रहेको दाङ प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी विनोदविक्रम शाहले जानकारी दिए । पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज अर्थात् विप्लवका दाई वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन लगायतका नेता तथा कार्यकर्ताहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्