अन्धाधुन्ध बञ्चरो प्रहार, श्रीमतीको मृत्यु, श्रीमानसहित २ घाइते

अन्धाधुन्ध बञ्चरो प्रहार, श्रीमतीको मृत्यु, श्रीमानसहित २ घाइते

हेटौंडा, ३० असोज । आपसी झगडाका क्रममा एक व्यक्तिले अन्धाधुन्ध बञ्चरो प्रहार गर्दा मकवानपुरमा एक महिलाको ज्यान गएको छ भने ती महिलाका श्रीमान् र अर्का एक व्यक्ति घाइते भएका छन् ।
जिल्लाको बकैया गाउँपालिका–३, जलजलेका सुकबहादुर पाख्रिनले आपसी विवादका क्रममा बञ्चरो प्रहार गरी सन्तमाया लोको ज्यान लिएका हुन् । पाख्रिनको बञ्चरो प्रहारबाट घाइते सन्तमायालाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल लगिएको थियो ।
उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । पाख्रिनले प्रहार गरेको बञ्चरो मृतक लोको टाउकोसहित विभिन्न भागमा लागेको प्रहरीले जनाएको छ । पाख्रिनले सन्तमायासँगै उनका श्रीमान् कुलबहादुर र स्थानीय २६ वर्षीया दिवीमाया मोक्तानलाई पनि बञ्चरो प्रहार गरेका छन् । बञ्चरो प्रहारबाट दुवैको टाउको र निधारमा चोट लागेको र चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, उनीमाथि अहिले थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्