दुई जना विद्यार्थीमाथि लामो समयदेखि यौन शोषण गर्ने झापाका शिक्षक पक्राउ

दुई जना विद्यार्थीमाथि लामो समयदेखि यौन शोषण गर्ने झापाका शिक्षक पक्राउ

धनुषा,१ कातिक । मिथिला नगरपालिकाको ढल्केबरमा रहेको एक निजी विद्यालयमा पढ्ने दुई जना बालिकामाथि एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ ।

ढल्केबर एकेडेमी बोर्डिङ स्कुलमा मिनी बोडर्समा पढ्ने सात वर्षीया र नौ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले पटक पटक जबर्जस्ती करणी गरेको घटना बाहिर आएको हो ।
घटना सार्वजनिक भएपछि गएको असोज २८ गते शिक्षक टेकेन्द्रलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार यादवले जानकारी दिनुभयो । झापाको मेचीनगर नगरपालिका ३ घर भएका शिक्षक टेकेन्द्र ढल्केबर एकेडेमी स्कुलमा बसेर समाजिक विषय अध्यापन गराउँदै आएका थिए । दशैँअघि देखि नै बिदाको दिनको मौका छोपी मिनी बोडर्समा पढ्दै गरेकी ती दुई जना बालिकालाई शिक्षक टेकेन्द्रले ललाइफकाइ तथा धम्की दिँदै पटक पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । कसैलाई भने ज्यान लिने धम्की दिँदै आएका कारण ती पीडित दुई जना बालिकाले घटना गोप्य राखेको बताइएको छ । प्रहरीकाअनुसार घटना सार्वजनिक भएपछि पीडित दुई जना बालिका र आरोपी शिक्षक टेकेन्द्रको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपी शिक्षकमाथि जबर्जस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।
उज्यालो अनलाईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्