हिजो दाङमा पक्राउ परेका विप्लव नेताको साथबाट ६ थान पेस्तोल, ३७ थान मोवाईल सहित ३ लाख बढी नगद बरामद

हिजो दाङमा पक्राउ परेका विप्लव नेताको साथबाट ६ थान पेस्तोल, ३७ थान मोवाईल सहित ३ लाख बढी नगद बरामद

दाङ,१ कातिक । दाङ देउखुरीको राजपुर गाउँपालिका(४ मुङग्रेठाबाट पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुको साथबाट प्रहरीले हतियारसहित महत्वपूर्ण कागजात बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिहरु तथा उनीहरुको साथबाट बरामद गरेका हतियार, नगदसहित अन्य महत्वपूर्ण दस्तावेजहरु शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर ६ थान पेस्तोल, २ थान म्यागजिन, ९ वटा गोली, एउटा सुलती बम, ३ लाख ८४ हजार ५ सय तीस रुपैयाँ नगद बरामद गरेको उल्लेख गरेको छ । साथै ३७ थान मोबाइल सेट, ग्लोबल आईएमईको ४ वटा चेक, २१ वटा झोला, १६ वटा डायरी, १३ वटा विभिन्न राजनैतिक दर्शनका किताब, चन्द उठाउन प्रयोग हुने ३० वटा लेटर प्याड र पार्टीको स्ट्याम्प छाप एक थान बरामद भएको प्रहरी प्रवक्ता डिीएसपी विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्