शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि, यस्तो छ आजको रेट !

शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि, यस्तो छ आजको रेट !

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तथा चाँदीको मूल्य वृद्धि भएको जानकारी दिएको छ  ।

महासंघका अनुसार अघिल्लो दिन (बिहिबार) को तुलनामा शुक्रबार सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।  बिहिबार प्रतितोला ७० हजार चार सय रुपैयाँ रहेको सुन आज प्रतितोला ७१ हजार र बिहिबार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको छ । आज तेजावी सुन भने प्रतितोला ७० हजार सात सय रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्