जागिर लगाइदिने बहानामा बलात्कार प्रयास, दुई महिलासहित ३ जना पक्राउ

जागिर लगाइदिने बहानामा बलात्कार प्रयास, दुई महिलासहित ३ जना पक्राउ

काठमाडौं ७ मंसिर । प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहितप्रसाद ढुंगाना छन् ।

जागिर लगाइदिने बहानामा फकाएर ढुंगानासम्म र्पुयाइदिएको आरोपमा दुई महिला पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा निर्मला शर्मा र मिना रिमाल छन् ।

ललितपुर प्रहरी परिसर, जावलाखेलले उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार ५ मंसिरमा पीडितलाई अन्तरवार्ताका लागि बोलाएर डेरामा लग्ने बहानामा गोदावरीसम्म लगेर रिसोर्टमा बलात्कार गर्न खोजेको आरोप ढुंगानामाथि छ । पीडितको जोहरी प्राप्त भएपछि पक्राउ गरेर विस्तृत अनुसन्धान थालिएको उनले बताए । रिसोर्टका कर्मचारीको सहयोगमा पीडित आफन्तसम्म पुगेको जनाइएको छ ।
अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्