सुनको मूल्य बजारमा आज फेरी बढ्यो

सुनको मूल्य बजारमा आज फेरी बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला तीन सय र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो । बिहीबार प्रतितोला ७१ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य शुक्रबार तीन सय रुपैयाँ वृद्धि भएर प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।
त्यसैगरी, बिहीबार प्रतितोला ८५० रुपैयाँ रहेको चाँदी आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८५५ रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्