ब्राउन सुगरसहित तीन जना पक्राउ

ब्राउन सुगरसहित तीन जना पक्राउ

काठमान्डौ । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका(५ का २८ वर्षीय इन्द्रजीत धामी, धनगढी उपमहानगरपालिका(८ की १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई धनगढी उपमहनगरपालिका(१ बस्ने १९ वर्षीया मोनिका थापा भनेर चिनिने मोनिका बुढा रहेका छन् । धनगढी उपमहानगरपालिका १ स्थित होटल पुष्पाञ्लीको कोठा नम्बर ७०१ बाट ३ ग्राम ७६० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई बिहीबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए । होटलमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा छापा मारेर उनीहरुलाई ब्राउन सुगरसहित पक्राउ गरिएको बस्नेतले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई लागूऔषध ब्राउग सुगर कारोबारी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्