सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई सरकारद्धारा पदमुक्त(नाम सहित)

सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई सरकारद्धारा पदमुक्त(नाम सहित)

काठमाण्डौ, १७ कात्तिक । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिदिएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा सातै प्रदेश प्रमुखलाई संविधानको धारा १६५ को उपधारा १ बमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । सातै प्रदेश प्रमुखलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो।
शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले २०७४ माघ मा गोविन्द सुब्बालाई प्रदेश नम्बर १ को प्रमुख, रत्नेश्वरलाल कायस्थलाई प्रदेश नम्बर २ को प्रमुख, अनुराधा कोइरालालाई प्रदेश नम्बर ३ को प्रमुख, बाबुराम कुँवरलाई प्रदेश नम्बर ४ को प्रमुख, उमाकान्त झालाई मा तथा प्रदेश नम्बर ५ प्रमुख, दुर्गाकेशर खनाललाई कर्णाली प्रदेशको प्रमुख र मोहनराज मल्ललाई प्रदेश ७ को प्रमुखमा नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्