४ मंसिर २०७६, बुधबार

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट, आजको मूल्य यस्तो !

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबार तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

यस्तै आज तेजावी सुन तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलाको ८७० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।चाँदी आइतबार सोही मूल्यमा कारोबार भएको थियो।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस