एनसेलले मोबाइल सेवाबाहेक सुरु ग¥यो वाईफाई सेवा पनि

एनसेलले मोबाइल सेवाबाहेक सुरु ग¥यो वाईफाई सेवा पनि

काठमाडौँ, कात्तिक २२ गते ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवाबाहेक वाईफाई सेवा पनि सुरु गरेको छ । कम्पनीले ‘रेडियो रिसिभर ट्रान्समिटर’मा आधारित रहेर पहिलोपटक यस्तो सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार फोरजीका लागि प्राप्त फ्रिक्वेन्सीकै आधारमा यस्तो सेवा सम्भव भएको हो । जीएसएमका लागि प्राप्त फ्रिक्वेन्सीमार्फत नै उपलब्ध गराइने वाईफाई नेपालको सन्दर्भमा भने पहिलोपटक नै भएको कम्पनीको दाबी छ । एनसेलले हाल १८ सय ब्यान्डमा ११ मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी सेवा उपलब्ध गराइरहेको छ ।

कम्पनीका अनुसार तत्कालका लागि यो सेवा कैलालीको टीकापुरमा परीक्षणका रूपमा सञ्चालन गरिएको छ । इन्टरनेट सेवा प्रदायकको खास उपस्थिति नभएका क्षेत्रमा यस्तो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।
वायरलेस ब्रोडब्यान्ड इन्टरनेट प्रयोगका लागि राउटरको प्रयोग गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । यस्तो राउटर कम्पनीले आफै निःशुल्क उपलब्ध गराउने छ । यद्यपि यो बजारमा उपलब्ध राउटरभन्दा फरक प्रकृतिको हुने कम्पनीले स्पष्ट पारेको छ । यस्तो राउटरले फोरजीका लागि प्रयोग भइरहेको फ्रिक्वेन्सी उपयोग गर्ने क्षमताको हुने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्