चीन–अमेरिका व्यापार वार्ताको संकेत, सुनको मूल्य घट्यो , आज प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार

चीन–अमेरिका व्यापार वार्ताको संकेत, सुनको मूल्य घट्यो , आज प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार

काठमाडौं,२२ कात्तिक । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । अमेरिकी अर्थनीतिका कारण अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वको कारण सुनको मूल्य वृद्धि भएको लामो समय भयो । लामो समयदेखि निरन्तर उकालो लागेको सुन क्रमशस् घट्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लामो समयदेखि अमेरीका र चीनबिचको व्यापार युद्ध अन्त्य गर्न वार्ता हुने संकेतका कारण सुनको मूल्य घटेको बताएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य भन्छन, “लामो समयदेखि चीन र अमेरिकाबीच भएको व्यापारिक द्वन्द्वको वार्ताको संकेतले सुनचाँदीको मूल्य घटेको हो ।” महासंघको अनुसार अमेरिकी अर्थनीतिको कारण अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व र अमेरिकन फेड्रेल बैंकले बैंकको निक्षेपमा ब्याजदर घटाउनु पनि सुनचाँदीको मूल्य बढ्नुको प्रमुख कारण हो ।
नेपालमा २२ हजार व्यवसायीहरुने सुनको कारोबार गर्दै आएका छन् । नेपालमा दैनिक २० किलो सुन खपत हुने गरेको छ भने मुख्य सिजनमा यो परिमाण ४० देखि ५० किलोसम्म पुग्छ । मूल्य वृद्धि भएसँगै सुनको कारोबार कमजोर अवस्थामा पुगेको र दैनिक करिब १० किलोको हाराहारीमा मात्र कारोबार हुने गरेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

आजको मूल्य कति ?

महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला सात सय र चाँदी प्रतितोला १५ रुपैयाँ घटेको छ । बिहीबार प्रतितोला ७० हजार ६ सय रुपैयाँ रहेको सुन शुक्रबार प्रतितोला सातसय रुपैयाँ घटेर तोलाको ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको हो । त्यसैगरी, बिहीबार प्रतितोला ८५० रुपैयाँ रहेको चाँदी तोलाको १५ रुपैयाँ घटेर आज प्रतितोला ८३५ रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबारको लागि छापावाला सुन प्रतितोला ६९ हजार नौं सय र तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदी प्रतितोला ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्